इन्द्रेणी संवाददाता
कालिकोट, १३ असार। विप्लव नेतृत्वको नेकपा माओवादीले जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायलाई कालोमोसो दलेका छन ।kalomoso

लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट कमिसन मागेको, योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन काम गरेको, जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै दुःखदिने गरेकोले उनलाई कालोमोसो दलेको नेकपा माओवादी कालीकोटले जनाएको छ ।

उनलाइ सोमबार विहान सदरमुकाम मान्मको विच बजारमा कालोमोसो दलिएको हो । साथै माओवादीले कर्णाली रोजगार कार्यक्रममा सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको माओवादीको पर्चामा उल्लेख गरेको छ ।

रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेको र त्यो नदिएमा योजनाहरुको फरफराकमा रोक्दै आएको बताइएको छ । कालीकोट जिल्लामा माओवादीले भष्ट्राचार गर्ने र गराउनमा सहयोग गर्नेलाई आफुहरुले जस्तोसुकै चुनौति आएपनि नछाड्ने बताएको छ ।

विप्लव माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीका अनुसार आफहरुको लिष्टमा धेरै भष्ट्रचारीहरुको विवरण रहेकाले निरन्तर जारी राख्ने बताएका छन ।।