रेखा मगर
रोल्पा, १३ असार
नागी साहित्य रोल्पाले प्रकाशन गरेको मुखपत्रको रोल्पोको कुरेलीमा विमोचन गरिएको छ ।

22 बालकल्याण मावि उपावाङमा एक कार्यक्रमको आयोजना गरी मुखपत्रको विमोचन गरिएको हो । पश्चिमी रोल्पाका साहित्यकारहरु सम्मिलत नागी साहित्यले गतल कुराको चिरफार गर्दै सत्य कुरा स्थापित गर्न साहत्यि मार्फत भुमिका खेल्दै आएको छ ।

परिषदका अधयक्ष डम्वर वुढा मगरको अध्यक्षता तथा मावि उपावाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन वहादुर वुढाको प्रमुख आतिथ्यता र विद्यालयका निमित्त प्रधानाध्यापक गंगा वहादुर घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

मुखपत्रको कार्यक्रमका प्रमुख अतिथी वुढाले लोकार्पण गर्नुभएको थियो भने समिक्षा साहित्यकार उमपी सरोवरले गर्नुृभएको थियो ।

तत्कालीन माओवादीको राष्ट्रिय सम्मेलन तथा जनमुक्ति सेनाको घोषणा भएको उक्त विद्यालयमा भएको कार्यक्रममा साहित्यकारहरु समीप वैरागी, एमपी सरोवर, प्रहरी चौकी कुरेलीका इन्जार्च विर वहादुर थापा मगर, स्वास्थ्यकर्मी राम वहादुर वुढा, शिक्षक धर्मराज वुढा, दिर्घ वहादुर वुढा मगर र दिपक वुढा मगरले वोल्नुभएको थियो ।11

सो अवसरमा विद्यालयका वालवालिकाहरुले गीत, गजर र कविता प्रस्तुत गरेका थिए । परिषदका उपाध्यक्ष सुकम मगरको स्वागतवाट सुरु भएको कार्यक्रमको सहजीरण सचिव डिवी स्वयदले गर्नुभएको थियो ।।