रेखा मगर
दाङ, १३ असार
दाङ काभे्रका किसानहरुले पालेका बाख्राहरु महामारी रोगका कारण मरेपछि राहतको माग गरेका छन । काभे्र ४ गहतेरा र काभे्र ९ तराका किसानहरुले महामारीले वाख्राहरु मर्ने क्रम नरोकिएपछि क्षतिपुर्तीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र वुझाएका छन । got
महामारीको रुपमा फैलिएको उक्त रोगका कारण २ टोलमा मात्रै अहिलेसम्म २ सय वढि बाख्राहरु मरिसकेका छन । गत जेठ १ गतेदेखि गाँउमा महामारीको रुपमा फैलिएको उक्त रोग अझै नियन्त्रणमा आउन नसकेको वडा नं ४ का वडा नागरिक मञ्चका संयोजक डासवहादुर डाँगीले जानकारी दिनुभयो ।

गाँउमा रोगले महामारी रुप लिँदा र सयौं वाख्राहरु मर्दा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ । किसानहरुले प्रशासनलाइ वुझाएको ज्ञापनपत्रमा पटक पटक पशु सेवा कार्यालयलाइ रोग नियन्त्रणका लागी ध्यानाकर्षण गराँउदा पनि सुनुवाइ नभएको उल्लेख छ ।

किसानहरुले कुनै पनि राहत, उपचार र रोकथामको लागी कहि कतैवाट पनि सहयोग नपाएपछि अन्तिम विकल्पको रुपमा राहतको लागी जिल्ला प्रशासनसंग माग गरेका हुन । यसअघि जिल्ला पशु सेवा कार्यालयले रोग प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणको प्रयास गरेको वताएपनि अझै वाख्रा मर्ने क्रम नरोकिएको डाँगीले वताउनुभयो ।

गहतेरा र तरा गाँउमा मात्रै २९ जना किसानको २ सय ६ वटा वाख्रा मरिसकेका छन । किसानहरुले २ सय वटा वाख्रा मर्दा १८ लाख ५४ हजारको क्षति व्यहोरेका छन । अहिलेसम्म चोप वहादुर डाँगीका ३२ वटा, भिम वहादुर डाँगीका १४ वटा, डम्वर वहादुर डाँगीका १६ वटा, डासवहादुर डाँगीका ११ वटा, पुर्ण वहादुर डाँगीको १७ वटा र लिला नेपालीका १० वटा वाख्रा मरिसकेका छन ।

यो रोग काभ्रे गाविसका अन्य वडा र लोहारपानीमा पनि फैलिएको छ । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले यसवारे छलफल गर्ने र पशु सेवा कार्यालयलाइ ध्यानाकर्षण गराउने वताउनुभएको छ । पीडित किसानहरुले चुनावका वेला भोट माग्न जाने नेताहरु आफुहरुलाइ आपत पर्दा गाँउमा नभेटिने गरेको गुनासो समेत गरेका छन ।।