दाङ, ७ चैत । सभामुख कृष्णबहादुर महराले आज दाङको तुलसीपुरमा अन्तरजातीय विाह गर्ने जोडीहरुलाई सम्मान गर्दैछन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सभामुख महराले त्यस्ता जोडीलाई सम्मान गर्न थालेका हुन् ।

५३ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा उपमहानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई सम्मान गर्न थालेको हो । “उत्पीडित दलित समुदायको राज्यमा समान पहुँचका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ उपमहानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको हो ।