काठमाडौं, ७ चैत । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् ।

gokarna_bistaउनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताए । श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सवैको सल्लाह लिएर उचित निर्णय गर्ने उनले जानकारी दिए ।

मन्त्री विष्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तथा श्रम क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन गएको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का पदाधिकारी तथा प्रतिनिधिहरुको टोलीसँग उनले बताए ।

भेटघाटमा जिफन्टका तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तरगत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो ।