इन्द्रेणी संवाददाता
बुटवल, ५ चैत। प्रदेश नं. ५ मा आज सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार मन्त्रिमण्डलमा तीन जना मन्त्री थप्ने तयारी गरेको हो ।

pardes 5आज थपिने तीन मन्त्रीमा एमालेले दुई र एक माओवादी केन्द्रका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । एमालेले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइएको छ ।