चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले दुई तिहाईको घमण्ड देखाएर पेल्न खोजे नमान्ने बताएका छन् ।

NC-Sher-Bahadur-Deuba-1चितवनमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं महाधिवेशनको उद्घाटन गर्दै नेता देउवाले दुई तिहाईको घमण्ड गरी नेपाली सेना, प्रहरी, कर्मचारी प्रशासन, संवैधानिक निकायमा हस्तक्षेप स्वीकार्य नहुने बताए ।

संवैधानिक निकाय र न्यपालिकामा समेत हस्तक्षेपको संकेत देखिएको बताउदै देउवाले कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसले स्वीकार्न नसक्ने बताए ।