काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ ।
प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिए ।
गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् । प्रहरीले उनका नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।











