एजेन्सी । जर्मनीको संसदले एञ्जेला मर्केललाई चौथो कार्यकालका लागि चान्सलर पदमा निर्वाचित गरेको छ। सेप्टेम्बरको निर्वाचनयता करिब ६ महिना लामो कसरतपछि उनी पुनः चान्सलर चुनिएकी हुन्।
मर्केलको पक्षमा ३६४ मत आयो भने उनको विपक्षमा ३१५ मत आएको थियो। ९ जना सांसद निर्वाचनमा सहभागी भएनन्। मर्केलको गठबन्धनका पार्टीहरुसँग ३९९ सिट छ।











