तुलसीपुर ३० फागुन । दाङको तुलसीपुरमा आजदेखि तीन महिने आधारभुत तालिम शुरु भएको छ । स्थानीय महिलाको क्षमता अभिबृद्धि र आत्मनिर्भर वनाउन कम्प्युटर तालिम र लाछा डोरी वनाउने प्रशिक्षण शुरु भएको छ ।

treanning op1महिला उद्यमी संघ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा पचास वढी महिलाहरुलाई तालिम शुरु गरिएको छ । आज बुधवार एक कार्यक्रमका विच तालिम शुरु गरिएको हो ।

महिला उद्यमी संघकी अध्यक्ष यशोदा पाण्डेको अध्यक्षता एवं वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख अतिथ्यता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको विशिष्ठ आतिथ्यतामा भएको तालिम उद्घाटनमा बोल्ने वक्ताहरुले महिलाहरुका लागि यस्ता उद्यमशील तालिम उपलव्धी मूलक बन्ने वताएका छन् ।