इन्द्रेणी संवाददाता
काठमाडौं, ३० फागुन । जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुली पदमुक्त भएका छन् । आज न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमुक्त भएको जनाएको छ ।
प्रधानन्यायाधीश पराजुली २१ भदौ २०६५ मा नै ६५ वर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।
पद मुक्त भएपनि पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा देखिएका थिए । उनले सपथ ग्रहण गराउदै गर्दा राष्ट्रपति भण्डारी र उपराष्ट्रपतिको अनुहारमा हाँसिरहेका देखिन्थ्यो ।












