रुपन्देही, २८ फागुन । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुईतिहाइ मतसहित विश्वासको मत लिएका छन् । ५ नम्बर प्रदेशको राजधानी वुटवलमा आइतवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत पाएका हुन्
प्रदेश नम्बर ५ मा ८७ सांसद रहेकोमा पोख्रेलले ६६ मत पाए । त्यहाँ राजपा र फोरमले पनि सरकारलाई समर्थन गरेका छन भने कांग्रेसले भने समर्थन दिएको छैन् ।











