गोविन्द खड्का
घोराही, २८ फागुन। बरु भोकै बस्ने तर खुला राखिएका जेरी, समोसा, पकौडि नखाने ढिकपुरका विद्यार्थीले प्रतिबद्धता जनाएका छन् । उनिहरुले नारायणपुर, तुलसीपुर घोराही लगाएत कुनै पनि शहरका खुला परिकार नखाने बताए ।
‘गन्हाउने नाला, खुला दिसा पिसाव लगाएत शहरमा अनेकौ चिजको दुर्गन्ध हुन्छ’ मावि ढिकपुरका छात्रा अन्जना चौधरीले भन्नुभयो, त्यसतो घिन लाग्दो ठाउ“मा बसेको झिंगा खुला जेरी, समोसामा घुमिरहेको हुन्छ । त्यसले छोएको परिकार खानु भन्दा बरु भोकै बस्छु ।’ उहाका अनुसार दिसामा बसेकाले झिंगा माखाले दिसा बोकेको हुन्छ । ¥याल सिंगान, कसैको घाउ खटिरामा बसेकोले त्यहि ल्याउ“छ । फोहर चिजमा बस्नेले आफ्ना खुट्टामा टासिएर ल्याएको फोहर खुला राखेको खानेकुरामा खसाल्छ, त्यो खानेले दिसा पिसाव, सिंगान खकार, ढल सबै खान्छ ।
यसो त नधोएको फलफुल पनि खान नहुने निष्कर्षमा विद्यार्थीहरु पुगेका छन् । ‘बाहिर बाट ल्याएका फलफुलहरु औषधि हालेर नकुहिने बनाएको हुन्छ’ नारायण प्रावि सेवारका कृष्ण बुढाले भन्नुभयो, ‘न पखालेको फलफुल बाट त्यो विषादि खाएपछि हामि रोगि हुन्छौ“ ।’ उनिहरुले खाने तरीका नमिलाएर नै समाज रोगि भएको सुनाए । सरसफाइमा ध्यान नदिने हो भने पढेर पनि विदेशमा सुईपर (भंगि) बन्न जानुपर्ने सुनाए । गतिलो पढ्ने र राम्रो अंक ल्याई समाजमा असल काम गर्न स्वस्थ शरीर, निरोगी परिवार हुनु पर्ने धारणा राखेका थिए । आफ्नो मात्रै होईन सबै परिवारको खानपीनमै ध्यान दिने प्रतिबद्धता जनाए ।
सुरक्षित पानी प्रशस्त खानेहो भने धेरै रोगबाट बच्न सकिने मावि ढिकपुरकै पुर्णीमा केसिको भनाई थियो । वाल कलवका अध्यक्ष कविता चौधरीले पैसा संकलन गरेर भएपनि विद्यालयका शौचालय सफा राख्ने बताउनुभयो ।
पढ्ने विद्यार्थीलाई मात्रै होईन पढाउने शिक्षकलाई पनि सजिलो जीन्दगी बनाउने तरिकामा अलमल छ । विद्यार्थीका वेन्च असजिला भै बस्न अफ्ठेरो भएको बारे धेरै शिक्षकले महशुसै गर्दैनन् । पानीको मात्रा उचित भएपछि पिसाव सफा निश्कन्छ र ठिक समयमा दिसा लाग्छ भन्ने धेरैले जान्दैनन् । नारायण प्राविका शिक्षक सुमित्रा चौधरीका अनुसार कब्जियत हुने, गोठा पर्ने, ठिक समयमा दिसा नआउनेकारणले किसानहरु खेतमा दिसा गर्छन् ।
खुला दिसामुक्त भए पछि पनि खेत खलियानमा दिसा गर्ने चलन हटाउन सकीएको छैन । आफुले खाएको सुर्ति, शुद्धप्लस, चुरोटको खोल, चाउ चाउ विस्कुट चक्लेट चुईगमका खोल जथाभावि नफालेपछि बातावरण सफा हुन्छ । त्यसका लागि घर घरै डस्टिवन राख्ने र बाटोमा हिड्दा खल्तीमा हाल्नुपर्छ । कक्षा कोठामा पनि डस्विन राखि त्यसैमा फाल्ने बानी बसाल्न सक्नुपर्छ । शिक्षक चौधरीका अनुसार सरसफाइको यति संसकार सिकाउन सके सुन्दर र सफा समाज बन्छ ।
एकै दिनमा परिवर्तन हुदैन । एउटाले गरेर मात्रै पनि सम्भव छैन । त्यसो भन्दैमा शुरुवातै नगर्ने हो भने समाज जहा“को तहि हुन्छ । घोराही ८ का सदस्य लिला बुढाथोकिका अनुसार सुस्त सुस्त बानी वसाल्दै लैजानुपर्छ । विद्यालयमा शिक्षक विद्यार्थीले सिकेका कुरा गाउ“ समाजमा फैलाउन सके सुन्दर संसार बन्छ । सिकेका कुरा आदान प्रदान गर्ने चलनले समाज सुधार हुने मावि ढिकपुरका निमित्त प्रधानाधयापक श्रीप्रसाद यादवको भनाई छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका यादवले साथिभाई, कक्षा कोठा, घर परिवार हुदै सकिए जति सफा गरेमा सिंगो वस्ति पुर्ण सफा हुन्छ ।
मध्य र सुदुर पश्चिमको पहिलो खुला दिसामुक्त गाविस भनेर तत्कालीन सुचना तथा सन्चार मन्त्री कृष्ण बहादुर महराले घोषणा गर्नुभएको थियो । त्यस बेला चर्पी घोषणा गर्ने मन्त्रि भनेर केहिले आलोचना गर्थे । अहिले त्यहि क्षेत्रका वासिन्दाको चर्पि गएपछि हातधुने चेतना स्तर जुरुक्कै उठेको छ । तर पनि खाना खानु अघि सावुन पानीले हात धुने न्युन भेटिन्छन् । खाना तयार गर्दा पनि हात धुदैनन् । वरपरको फोहरले ईज्जत प्रतिष्ठा घटाउछ भन्छन् बाहिर फाल्ने बानी बदल्दैनन् । भकारो गाई गोठ घर अगाडि राख्छन् । सबै जनावरको दिसामा ईकोली हुन्छ, त्यसले खतरा गर्छ भन्ने सबैले जानेका छैनन् भकारो अर्को बनाउन मान्दैनन् । गाउ“घर वरपर सफा राख्ने, सुरक्षित खानेपानी पिउने, प्लाष्टिक नजलाउने, कक्षा कोठा सरसफाइ, चर्पि नगन्हाए हुन्थ्यो जस्ता अपेक्षाहरु वस्तिभरी प्रशस्तै भेटिन्छन् ।
मावि ढिकपुर, नेपाल राष्टिय आधारभुत विद्यालय दुन्द्रा, सूर्योदय प्रावि दुधौरा र नारायण प्रावि सेवारका शिक्षक विद्यार्थी सहभागि थिए । उनिहरुलाई फोहर संकलन गर्ने डस्टिविन विदतरण गरिएको छ । ‘स्वच्छ गाउ“ स्वस्थ शहर, पुर्ण सरसफाइ हाम्रो रहर’ भन्ने मुल नाराका साथ घोराही ८ ले पुर्ण सरसफाइ अभियान चलाएको छ । वडा सचिव प्रविन खनालका अनुसार समुदाय, टोलविकास संस्थाका अगुवा हुदै विभिन्न चरणका अभिमुखि करण कार्यक्रम चलाईएको थियो ।
अभियानमा फ्रिप्याडले सहयोग गरेका छ । वास ट्रिगरहरु टोपला ढकाल र सिता लामिछानेले सहजीकरण गरी रहनुभएको छ । शुक्रवार मावि ढिकपुरमा गरीएको अभिमुखी कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक गजेन्द्र बहकरी र जिल्ला वास फोरम संयोजक गोविन्द खड्काले सहजीकरण गर्नुभएको थियो ।











