दिपक बोहरा

दाङ । राप्ती अञ्चल अस्पताल वरपर बाँझो जग्गा । जसले अञ्चल अस्पताललाई नै कुरुप बनाएको थियो । जहाँ अनाबश्यक झार उम्रिएका थिए । बर्षादको समयमा अस्पताल भित्रै सर्प पस्छन् की भन्ने डर थियो । जहाँ प्रेमीप्रेमीकाको डेटिङ स्थल बनेको थियो । अञ्चल अस्पतालको स्वामित्वमा रहेको त्यही बाँझो जग्गा अहिले भने हरियाली भएको छ । त्यस क्षेत्रको मुहार फेरिएको छ । अस्पताल वरपरको हरियालीले अस्पतालको वातावरण पनि स्वच्छ भएको छ । त्यस क्षेत्रमा आवत जावत गर्ने सबैले त्यस वरपरको हरियाली देखेर सेल्फी हान्न तल्लिन हुन्छन् ।

तुलसीपुर उपमहानगरपालिका ५ निबासी ५९ वर्षीय गोविन्द प्रसाद बस्यालले भाडामा लिएर सोही जग्गामा केरा खेती गरेका छन् । जसले गर्दा असपतालको शोभा नै बढाएको छ । राप्ती अञ्चल अस्पतालको प्रयोगहिन जग्गा २०७२ साल देखी भाडामा लिएर तरकारी खेती गर्दै आएका थिए । तरकारी खेतीबाट लामो समय लाभ लिन नसक्ने भएपछि अहिले उनले उक्त जग्गामा उनले केरा खेती गरेका छन् । अस्पताले जग्गा बाँझै राखेको झन्डै ७ विगाहा जति जग्गा बस्यालले १० बर्षका लागि भाडामा लिएका छन् । उनले खाली रहेको बाँझो जग्गामा पनि राम्रो आम्दानी हुन्छ भन्ने उदाहारण देखाउन उक्त कार्य शुरु गरेको वताए । ‘अहिले आफ्नो जग्गा बाँझै राखेर धेरै युवाहरु बिदेश पलायन हुन्छन्’ उनले भने‘ अब युवाहरुलाई स्वदेशमै रहेको बाँझो जग्गामा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन कामको शुरुवात गरेको हुँ ।’

उमेरले ढल्किसकेका, सेतै दारी, कपाल फुलेका बस्यालले बाँझो जमिनमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न काम शुरु गरेको वताउँछन् । उनले मासिक ३ लाख भन्दा बढी आम्दानी गर्ने योजना बनाएको वताएका छन् ।‘ मैले अहिले सात विगाह जग्गामा नै केरा खेती गरेको छु’ उनले भने, ‘ सबै केराहरुले फल दिन थाल्यो भने मासिक तीन लाख भन्दा बढि नै आम्दानी हुन्छ भन्ने आश छ ।’

अस्पताल क्षेत्रको उपयोगहिन जग्गा भाडामा लिएको सुनेपछि उनकै आफन्तले समेत बेबफुक बनाएका थिए । तर अहिले हरियाली देखेपछि सबै जना छक्क पर्ने गरेको उनले वताए । २०७२ साल देखी ००७४ सम्मा उनले तरकारी खेती लगाए । त्यो तरकारी खेतीबाट उनले सन्तोष जनक आम्दानी गर्न नसके पछि अहिले केरा खेती गर्न थालेको उनले वताए । तरकारी भन्दा पनि केरा खेतीले राम्रो आम्दानी हुने भन्ने जानकारी पाएपछि केरा खेती तर्फ आर्कषित भएको उनी बताउँछन् । ‘तरकारी खेतीबाट त्यति राम्रो आम्दानी हुन सकेन्’ उनले भने ‘ अब दिर्घकालिन फाईदाका लागि केरा खेती शुरु गरेको हुँ ।’

२०७२ साल कार्तिक १ गतेदेखि २०८२ असोज मसान्तसम्मका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरको जग्गा उनले भाडामा लिएका छन् । पहिलो बर्षमा बन्दागोभीबाट उनले तीन लाख भन्दा बढी आम्दानी गर्न सफल भएका थिए । तर दोस्रो बर्ष भने उनले केही घाटा व्यहोर्नु परेको थियो । त्यस पछि उनले उखु खेती गरे । तर उखुबाट पनि सोँचे जस्तो आम्दानी गर्न नसके पछि उनले केरा खेती गर्ने साँेच बनाएका हुन् ।

अहिले उनले टिस्युकल्चर प्रबिधिबाट उत्पादित १५ सय जति केराका बोट रोपेका छन् । ‘जी नाईन र झापाली मालभोग गरि पाँचसय विरुवा गत असारमा र एक हजार वटा वईने हाईब्रेड जातको केरा ०७३ असारमा लगाएको हुँ’ बस्याले भने । अहिले सम्म करिब ५० घरी केरा बिक्रि गरिसकेको उनले वताए । कुनै पनि बिषादी नहालेर केरा पकाउँदा बिक्रि गर्न पनि कुनै समस्या हुने नगरेको उनले वताए । ‘केरा पकाउँदा कुनै पनि बिषादी प्रयोग गर्दिन्’ उनले भने ‘ त्यसैले केरा किन्नका लागि ग्रहाक घरमै आईपुग्ने गरेका छन् ।

उनी केराको हेरचाहका लागि बिहान सात बजे देखी राती १२ बजे सम्म खटिन्छन् । ‘ विहान ७ बजे आउछु दिउसोको समयमा छाडाँ चैपायहरुले काम गर्न दिदैनन्’ उनले भने ‘ सबै काम राती गर्ने गर्छु ।’ अहिले उनले एउटा केराको बिरुवालाई ५० का दरले ७५ हजार रुपैयाँ बराबरका केराका बिरुवा रोपेको वताए ।

बस्यालले बहुउद्धेश्य कृषि तथा पशुपालन फार्म दर्ता गरी कृषि कर्ममा लागेका हुन । हालसम्म आफु पूर्ण सन्तुष्ट रहेको उनले बताए । ‘ यो सबै गर्न आफुले १६ लाखमा दुईवटा घडेरी बेचेको छु’ उनले भने ‘त्यसवाहेक थप ७ लाख नगद लगानी पनि परेको छ ।’

आफु व्यबसायीक रुपमा कृषि खेतीमा लागिरहेको भएपनि राज्यले अनुदान दिन हिच्किचाएको उनले वताए । अहिले सम्म अनुदानको नाममा एउटा टनेल बाहेक अरु केही नपाएको वताए ।

तरकारी खेती हेरचाहका लागि सिसि क्यामेरा

उनले तरकारी खेतीको हेरचाहका लागि सिसि क्यामेरा समेत जडान गरेका छन् । करिब ६ लाखको लगानीमा सिसी क्यामेरा जडान गरेका छन् ।‘ यस अघि तरकारी खेती चोरी हुने समस्या थियो’ उनले भने ‘ तर सिसी क्यामेरा जडान भएपछि उक्त समस्या अन्त्य भएको छ ।’

उनले आफुले खेती गरेको क्षेत्रमा ८ वटा,ईलाका प्रहरी कार्यालयमा १ वटा र अञ्चल अस्पतालमा ११ वटा सिसी क्यामरा निजी लगानीमा जडान गरेको वताए । घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका छन् । आफुलाई श्रीमती निशन्तान बस्यालले पनि खेती हेरफेर गर्न सहयोग गरेको उनले वताए ।