इन्द्रेणी संवाददाता
चितवन, २२ फागुन । चितवनको लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

death-mainराप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी श्रीमती ५२ वर्षीया निरमायाँ प्रजा (चेपाङ) को ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सोमबार साँझ ५ः३५ बजे घटना भए पनि प्रहरीलाई भने राति करिब ९ः३० बजेतिर मात्रै खबर आएको जनाइएको छ । एक्कासि ढिस्कोले पुरेपछि स्थानीयले ढिस्को पन्छाएर निकालेको केही समयमै उनको मृत्यु भएको हो ।