Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले संविधान संशोधनका लागि मधेसकेन्द्रित दलहरूसँग छलफल अघि बढाएको कुराले आफू खुसी भएको भन्दै यसमा आफूले साथ दिने बताएका छन् ।

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
आज मंगलबार संसद बैठकमा समय लिएर देउवाले संविधान संशोधन गर्ने आफू नेतृत्व सरकारले पनि प्रयास गरेको तर सफल नभएको तर अहिलेको सरकारले यसलाई अघि वढाउन सफल भएकोमा यसलाई सफल पार्न काग्रेसले पनि सहयोग गर्ने बताए ।

आफू नेतृत्वको सरकारले संविधान संशोधन विधेयक ल्याउँदा ुराष्ट्रहीत विपरीतु भएको भन्दै अवरोध गरेको एमाले हाल संविधान संशोधनमा सकारात्मक बन्नु खुसीको कुरा भएको देउवाको प्रतिक्रिया छ।