दाङ, २० फागुन । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसस्थाहरुले ८ मार्च अर्थात अन्र्तराष्ट्रिय नारी दिवस दाङमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सरोकारवाला निकायहरु विच आईतबार घोराहीमा बसेको बैठकले यहि फागुन २४ गते परेको अन्र्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो ।

feature0बैठकले अन्र्तराष्ट्रिय नारी दिवस मुल समारोह समिती गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, सहकारी डिभिजन कार्यालय, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपाल महिला संघ, सिसा नेपाल, एनजिओ फेडरेसन्, विधवा महिला सरोकार केन्द्र, नेपाल महिला सामुदायीक सेवा केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक नेपाल, नेपाल परिवार नियोजन संघ, बागेश्वरी असल शासन क्लब (बास) दाङ शाखा लगाएतका संघसस्थाहरु रहेको मुल समारोह समिति गठन गरिएको छ ।

फागुन २४ गते ¥याली सहित भब्य कार्यक्रम गरेर नारी दिवस मनाउने बैठकले निर्णय गरेको छ । घोराहीको सहिद गेटबाट ¥याली सुरु गर्ने र घोराहीका विभिन्न चौकहरु परिक्रमा गरेर घोराही उपमहनगरपालिकाको सभाहलमा पुगेर कार्यक्रममा परिणत हुने भएको छ ।

कार्यक्रम विहान ७ बजे गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रममा महिलाहरुको बर्तमान अबस्था विषयक कार्यपत्र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले प्रस्तुत गर्ने र विभिन्न क्षेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख विश्वमणि जोशीले जानकारी दिए ।