इन्द्रेणी संवाददाता
कैलाली, २० फागुन। स्थानीय वासीहरुले टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घरमा घेराबन्दी गरेका छन् ।

Tikaविहीबार राति २१ वर्षिया कर्ण थापाको विभत्स हत्या भएको र दोषिलाई कारवाही गर्नुको उल्टो बचाउन खोजिएको भन्दै घर घेराउ गरेका हुन् । स्थानीयले मेयरको घर घेराउ गरेपछि त्यहाँ तनाव उत्पन्न भएको छ ।

मेयरको घर घेराउ गर्न करिब ३ हजार भन्दा बढीको भिड लागेको छ भने सुरक्षाका लागि चार/ पाँच सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

अहिले बन्दका कारण यहाँको जनजीवन प्रभावित छ । मृतकका आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै पोष्टमार्टम गर्न दिएका छैनन् । उनीहरुले दोषिमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।