काठमाडौं , २० फागुन । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।

nabaraj silawalउनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद भवनभित्र प्रवेश गरेका हुन् । आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ ।