काठमाडौं, २० फागुन । लतिलपुर १ बाट निर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल संघीय संसदमा छिरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीसहित आइजीपी बढुवामा किर्ते गर्ने सवैको सातो उडेको छ ।
शनिवार बिहान १०:५५ बजे सिलवाल संघीय संसद भवन नयाँ बानेश्वर छिर्दा बुढानिलकण्ठमा रहेका देउवाको निवासमा सन्नाटा छाउनुले यस्को संकेत गरेको हो । ‘त्यसलाई जसरी पनि फसाउनु, नत्र हामी सकिन्छौं भनेको त स्यालुट हान्दै पठाउदो पो रैछ पुलिस त, यस्तालाई पनि बिश्वास गर्दा हुन्छ’ भन्दै देउवा निकै आक्रोशित बनेको स्रोतले बतायो । शिखर न्युजमा खबर छ ।
सिलवाल फसाउन देउवासहितका समुहले संबिधान, कानून र सवै मर्यादा भुलेर नौटंकी रचेका थिए । तर जनताको मायाले ससम्मान निर्वाचन क्षेत्रमा रहेका सिलवाल कुनै गलत काम नगरेको मुहारभाव देखाउँदै संसद भवन छिरेका हुन । उनी छिर्दा सवै प्रहरीले खुसीका साथ सम्मान दिएका थिए भने सिलवाल निकै नम्र देखिएका थिए ।