सर्वोच्च अदालतले पत्रकारहरुलाई सर्वोच्च अदालत भित्र जान रोक लगाएको छ । अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समाचार संकलनका लागि भित्र जान थालेका पत्रकारहरुलाई प्रेस पास देखाउँदा पनि सर्वोच्च अदालत छिर्न दिएका छैनन् ।

पत्रकारलाइ अदालत भित्र जान नदिएपछि पत्रकारहरु सर्बोच्चको ढोका बाहिर नारावाजी गरेका छन् । सूचना विभागको कार्ड लिएर सर्वोच्चमा समाचार संकलनमा गएका राष्ट्रिय–अन्तराष्ट्रिय सञ्चारमाध्यमका पत्रकार बाहिर गेटमै बसेका छन् । पत्रकारको कार्ड देख्नेवित्तिकै सुरक्षाकर्मीले अवरोध गरेका छन् ।