SAMSUNG CAMERA PICTURES

दाङ, २० फागुन । मालपोत कार्यालय दाङका कर्मचारीहरु कार्यालय समयभित्र उपस्थित नहुने गरेको पाइएको छ । बागेश्वरी असल शासन क्लब (बास) दाङ शाखाले आइतबार गरेको छड्के अनुगमनका क्रममा धेरै जसो कर्मचारीहरु १० बजे पछि मात्रै कार्यालय आउने गरेको पाईएको हो ।

SAMSUNG CAMERA PICTURES
विहान १० बजेभित्र कार्यालयमा हाजिर लगाई सक्नुपर्ने भएपनि अनुगमनका क्रममा कार्यालय प्रमुख नै उपस्थित नभएको भेटिएको नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताए । बास दाङका अध्यक्ष नवीन अभिलाषी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीसहितको अनुगमन टोली विहान १० बजे मालपोत कार्यालयमा पुगेको थियो ।

अनुगमन टोली कार्यालयमा पुग्दा केही कर्मचारीहरु बाहेक धेरै जसो कर्मचारीहरु समयभित्रै आउन नसकेको फेला परेको बास दाङका अध्यक्ष नवीन अभिलाषीले बताए । भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियान अन्र्तगत बास दाङले आइतबार मालपोत कार्यालय दाङका प्रमुख रामप्रसाद खनाललाई ज्ञापनपत्र समेत बुझाएको छ ।