तुलसीपुर २० फागुन । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने भएको छ । आउदो चैत ३ गते जनप्रतिनिधिहरुसग मानव अधिकारको सवालमा अन्तरक्रिया हुने आयोजकले बताएको छ । शान्ति समाज दाङ शाखाको बैठकले प्रतिनिधि सभा सदस्य,प्रदेश सभा सदस्य,मेयर उपमेयर,गाँउपालिकाका अध्यक्ष लगायतसँग मानव अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको शाखा सभापति सुरेश हमालले जानकारी दिए ।

राप्ती शान्ति उद्यान तुलसीपुरमा आयोजना गरिने कार्यक्रम सगै वनभोज कार्यक्रम समेत गरिने हमालले जानकारी दिए । कार्यक्रममा शान्ति समाजका २६ जना नयाँ आजीवन सदस्यहरुको केन्द्रिय कार्यालयबाट प्राप्त प्रमाण पत्र बितरण गरिने छ ।

शाखा सभापति सुरेश हमालको सभापतित्वमा आईतबार बसेको बैठकमा केन्द्रीय सचिव सुशील बस्नेत, केन्द्रिय बिभागीय संयोजकहरु मोहनप्रसाद धिताल, निर्मल नेपाली र सुरेश श्रेष्ठको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण सचिव शरद रेग्मीले गरेका थिए ।।