इन्द्रेणी संवाददाता
काठमाडौं, १९ फागुन । केही दिन अघि मात्रै प्रहरीको फरार सूचीमा रहेका कैलाली घटना मुख्य योजनाकार कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी प्रहरीलाई झसक्याउँदै कदालत पुगे । उनलाई अदालतले वयानपछि पूर्वपक्षको थुनाउमा समेत राख्ने आदेश दिएको छ ।
फोटो : प्रशिक्षणमा सहभागी सिलवाल
त्यसैगरी आज फेरी अर्का प्रहरीको फरार सूनीमा रहेका पूर्वडीआईजी एवं एमाले सांसद नवराज सिलवाल संसद भवन पुगेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रका सांसदलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने प्रशिक्षण कार्यक्रममा भाग लिन सिलवाल आज संसद भवन पुगेका हुन्।
सिलवाललाई कार्यसम्पादन मूल्यांकन किर्ते सम्बन्धी मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि प्रहरीले खोजी गरिरहेको बताएको थियो ।