काठमाडौं, १९ फागुन । मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भएको छ । शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरिएको रहस्य खुलेको छ ।
प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो। महानगरीय प्रहरी अपराध महाशाखाले घटना अनुसन्धानको लागि डीएसपी प्रजित केसीको कमाण्डमा टोली खटाएको थियो।
फागुन १५ गते शाक्य अपहरणमा परेका थिए। प्रहरी टोलीले शनिबार मोरङ विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको छ।
