घोराही, १८ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रंगहरुको पर्व होली अर्थात फागुको अबसरमा सबैलाई सुभकामना दिनुभएको छ । नगर प्रमुख चौधरीले आज सुभकामना दिदै सबै नगरबासीहरुलाई रंगहरुको पर्वलाई हर्सउल्लासका साथ मनाउन पनि आग्रह गर्नुभएको छ ।

नगर प्रमुख चौधरीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना पनि गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ । होलीको नाममा हुने बिकृती र उत्संखल कार्यहरु नगर्न र आत्मीयता सँगै रंगहरुमा रमाउन समेत उहाँले सुभकामना मार्फत आग्रह गर्नुभएको छ ।