तुलसीपुर १८ फागुन । रेडियो हाम्रो पहुँचको आयोजनामा होली विशेस कार्यक्रम सम्पन्न भएको छ । रेडियोले होलीको अवसर पारेर रेडियो संञ्चालक संस्था हाम्रो पहुँच बहुँउद्देश्यिय सहकारी संस्थाद्धारा सञ्चालीत विभिन्न परीयोजनाका कर्मचारी र संस्था सञ्चालक समितीका विच स्लो वाईक रेस र घैटा फोर प्रतियोगिता सम्पन्न गरेको हो ।

२२ जनाको विचमा भएको स्लो वाईक रेस प्रतियोगीतामा रेडियोका स्टेसन म्यानेजर बसन्त पौडेल पहिलो हुनु भएको छ उहाले पुरुस्कार स्वरुप ईन्टेक मोवाईल प्राप्त गर्नु भएको छ भने रेडियोकै समाचार शाखाका तुल्सीराम वली दोस्रो हुनु भएको छ उहाले हट वाटर प्रप्त गनु भएको छ । तेस्रो संस्थाका ब्यवस्थापक जनक भण्डारी हुनु भएको छ उहाले पुरुस्कार स्वरुप घडि पुरुस्कार पाउनु भएको खेल संयोक तुल्सीराम वलीले जानकारी दिनु भएको छ ।

घैटाफोर प्र्रतियोगीतामा संस्था संञ्चालक समिति सदस्य बिस्णा पौडेल पहिलो हुनु भएको छ उहाले पुरुस्कार स्वरुप आईरन प्राप्त गर्नु भएको छ । त्यस्तै रेडियोका प्राविधिक विवेक खनाल दोस्रो र संस्थाका शिक्षा समिति संयोजक जिवराज धिकारी तेस्रो हुनु भएको छ । उहाहरुले भित्ते घडि प्राप्त गर्नु भएको छ ।

प्रतियोगिताका लागी पुरुस्कारको सौजन्य रेडियो सञ्चालक उपसमिति सदस्य तथा यातायात व्यवस्था कार्यलय राप्तिका नायब सुव्वा शान्तराज गौतमले गर्नु भएको थियो भने घैटा फोर प्रतियोगीतामा तेस्रो हुनेलाई केपि ईन्जिनेरीङ सोलुसन प्राली तुलसीपुरले भित्तेघडि प्रदान गरेको थियो ।

पुरुस्कार वितरण कार्यक्रम संस्थाका उपाध्यक्ष देवराज भण्डारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रध्यानाध्यापक डि आर भण्डारीले गर्नु भएको थियो ।।