दीपक बोहरा
तुलसीपुर १७ फागुन । तुलसीपुरमा भएको खसीकप मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा पत्रकारको समुहले बिजय भएको छ ।
हाम्रो पहँच बहुउद्देशीय सहकारी संस्था तुलसीपुर र तुलसीपुरमा क्रियाशिल पत्रकारहरुको समुहबीच भएको प्रतियोगीतामा ४ गोल अन्तरले पत्रकारको समूह बिजय भएको हो । पत्रकारको टोलीले ६ गोल बनाएको थियो भने हाम्रो पहँुचको टोलीले २ गोल बनाएको थियो ।
पत्रकारको तर्फबाट बिमल गौतमले २ गोल, देबराज भण्डारीले १ गोल, कमल कृष्ण काफ्लेले १ गोल, नबिन भण्डारीले १ गोल र सन्तोेष वलीले १ गोल हान्न सफल भएका थिए । त्यस्तै हाम्रो पहुँचको तर्फबाट बिकास नेपालीले २ गोल हान्न सफल भएका थिए । बिजय टिमलाई खसी पुरस्कार प्रदान गरिएको छ ।











