इन्द्रेणी संवाददाता
काठमाडौं, १७ फागुन ।संघीय समाजवादी फोरमलाई सरकारमा लैजाने वाम गठबन्धनको प्रयास असफल भएको छ । आज विहान भएको छलफलमा मन्त्रालयको बाँडफाँड नमिलेपछि छलफल विना विष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा फोरमका नेताहरूले कम्तिमा तीनवटा मन्त्रालय दावी गरेका छन् भने वाम गठबन्धन दुईवटा मन्त्रालय दिन सहमत भएको छ। ुदुईवटा मन्त्रालय दिन हामी तयार भयौँ तर उहाँहरूले तीनवटा मन्त्रालय नभइ हुन्न भन्नुभयो र पुनः छलफलको आवश्यकता देखियोु, वार्ताका सहभागी एक नेताले भने।
वार्तामा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी थिए। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र नाराणकाजी श्रेष्ठ सहभागी थिए। फोरमका तर्फबाट वार्तामा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता सहभागी थिए।