सुर्खेत, १५ फागुन । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

accdentगौरीबजारबाट बोटेचौर बजारतर्फ आउँदै गरेको भे १ त ६१८६ नम्बरको ट्रयाक्टर आज दिउँसो गुर्भाकोट नगरपालिकाको देउतीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्य हुनेमा गुर्भाकोट ८ का २२ वर्षे ट्याक्टरका चालक फत्तबहादुर विक, २५ वर्षे शशिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गुर्भाकोट –८ कै टेकबहादर धौलाकोटी र अमर विक घाइते भएका छन् ।