तुलसीपुर १५ फागुन । तुलसीपुरमा हाम्रो पहुँच खसीकप मैत्रीपुर्ण फुटवल प्रतियोगीता हुने भएको छ । होलीका अवसरमा तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको आयोजनामा यहि फागुन १७ गते मैत्रिपुर्ण फुटवल प्रतियोगीता हुने स्टेसन म्यानेजर बसन्त पौडेलले जानकारी दिनु भएको छ ।
रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारहरुका विचमा प्रतियोगीता हुने भएको पौडेलले जानकारी दिनु भयो । रेडियोले हरेक वर्ष सृजनात्मक काम गर्दै आएकोमा यसवर्ष खेल क्षेत्रको विकासका लागी मैत्रीपुर्ण फुटवल प्रतियोगीताको आयोजना गरीएको पौडेलले जानकारी दिनु भएको छ ।
रेडियोले अघिल्लो वर्ष शैक्षिक कार्यक्रम अन्तरगत जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी–जवाफ प्रतियोगीताको आयोजना गरेको थियो । यस वर्ष हुनलागेको मैत्रीपुर्ण खेलकुद कार्यक्रममा खसीको सौजन्य समाजसेवि टोप वहादुर महतराले गर्नुहुने भएको छ ।
प्रतियोगीताका लागी खेलाडी छनोट गर्न रेडियोको तर्फबाट प्राविधिक प्रमुख प्रेम विवस घर्तिलाई जिम्मा दिईएको छ भने तुलसीपुर क्षेत्रका पत्रकारको तर्फवाट खेलाडी छनोट गर्ने जिम्मा रेडियो सन्जिवनीका कार्यक्रम संयोजक सन्तोष केसीलाई दिईएको छ । विजयी टिमलाई आयोजकले खसी तथा प्रमाण पत्रले सम्मान गर्ने भएको छ ।।
