इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा दाङको सञ्चालित ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय कृषि प्रर्दशनी मेला–२०७४ आजदेखि सकिएको छ । महोत्सवको आज सोमवार प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले विधिवत रुपमा समापन गरे ।

28176111_10210955497875278_2126987167_n‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ फागुन ३ गतेदेखि शुरु भएको महोत्सव महोत्सव अवधिभर करोडौंको आर्थिक कारोवार भएको लाखौं दर्शकहरुले मेला अवलोकन गरेको आयोजकले बताएको छ ।

महोत्सवमा कृषि प्रर्दशनी, व्यापार व्यवसायलगायतका गरी २ सय १९ स्टलहरु रहेका छन् भने बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यान, मौतको कुवा, सर्कसलगायतका मनोरञ्जनका साधन रहेका थिए । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ठाउँका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको स्टल राखेको थियो ।

त्यस्तै स्थानीय रुपमा उत्पादन गरिएका अल्लोका कपडा तथा समाग्रीहरु, स्थानीय रुपमै उत्पादन भएका महलगायतका समाग्रीहरु राखिएको थियो भने यहाँका पर्यटकिय क्षेत्र अवलोकनका लागि हेलिकोप्टरको पनि व्यवस्था गरिएको थियो । महोत्सव अवधिभर ४ सयभन्दा वढी हेलिकोप्टरबाट स्वर्गद्धारी, दाङ उपत्यका, धारापानी धार्मिक स्थल अवलोकन गरेका थिए ।