इन्द्रेणी संवाददाता
सुर्खेत, १४ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यहाँका जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन पार्टीले गरेको अनुरोध उलंघन भन्दै तत्काल राजीनामा नदिए भौतिक कारवाही गर्ने धम्की दिएको छ ।
सुर्खेतका स्थानीय निकायका जनप्रतिनिधिहरुलाई पत्राचार गर्दै तत्काल पदबाट राजीनामा दिन आग्रह गर्दै अटेर गरेर भौतिक कारवाही गर्ने चेतावनी दिएको हो ।
सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचार गरेर तत्काल राजीनामा दिन धम्की दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।
