घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले आइतबार किसानहरुलाई घाँसको बिऊ र प्रहरीलाई भाँडाहरु प्रदान गरेको छ । वडा भित्र रहेका करिब एक सय किसानहरुलाई घाँसको बिउ र अस्थायी प्रहरी चौकी सर्रालाई भाँडावर्तन प्रदान गरेको हो ।

help picवडा अध्यक्ष लछिनप्रसाद बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले किसानलाई घाँसको बिऊ र प्रहरीलाई भाँडाबर्तन प्रदान गरेका हुन् ।

करिब एक सय जना किसानलाई पशु सेवा कार्यालयबाट आएको घाँसको बिउ प्रदान गरिएको हो । त्यसैगरी प्रहरी चौकीलाई विभिन्न १६ प्रकारका भाँडावर्तनहरु प्रदान गरिएको छ । कुर्सी १० थान, थाल, कचौरा, गिलास, कप, चम्चा १२÷१२ पिस, गाग्री, डेप्ची, जग, कराई दुई दुई थान, प्रेसर कुकर, चियादानी, टेवुल, डारु, पन्यु एक एक थान गरिक ३४ हजार ३० रुपैयाँ बराबरको भाँडावर्तन वडा कार्यालयले प्रहरीलाई दिएको हो ।