देउखुरी, १३ फागुन । राजपुर गाउपालिका वडा नं। ७ डगमारा नाकामा नाकास्तरीय खेलकूद महोत्सव शुरु भएको  छ । २२ वटा नाकामा रहेका दश विद्यालयको  सहभागितामा महोत्सव शुरु भएको  हो  । २०५५ सालबाट नियमितरुपमा महोत्सव हुने  गरेको छ ।

maharaमहोत्सवको  उद्घाटन पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले  गरे । महोत्सवलाई सम्बोधन गदैर्  महराले  सीमा रक्षकको  रुपमा रहेका नाकावासीलाई अब विकास निर्माणसग जोड्नुपनेर्  बताए ।

‘भारतीय सडक प्रयोग गर्नुपर्ने  बाध्यता छ, अब नेपाली वस्तीलाई सडक सञ्जालसग जो ड्नुपर्छ’– उनले भने – ‘यहाँको  समस्यासग नजिक छु, वाम गठवन्धनको  सरकारले  यो जनाबद्ध बिकास गनेर्  क्रममा नाकाको  एकीकृत विकासलाई पनि ध्यान दिने छ ।’ कोइलाबासबाट भारतीय सडक हुदै  नेपाल प्रवेश गरेका महराले  आफ्नै  एउटै  जिल्लाको  एक वस्तीबाट अकोर्  वस्तीमा जान भारतीय बाटो  प्रयोग गर्नुपनेर्  बाध्यता जसरी पनि हटाउनुपनेर्  बताए ।

उनले सडक र सञ्चारबाट जोड्न सके  नाकाको  समृद्धि धेरै  माथि पुग्ने  पनि बताए । ‘तपाइहरुले  सिमानाको  रक्षा गरिरहनुभएको  छ तर राज्यले  तपाइँहरुलाई केही दिन नसक्नु दुःखद छ’– नाकावासीलाई सम्बोधन गदैर्  महराले  भने ।
दशरथ घिमिरे /युगबोध