इन्द्रेणी संवाददाता
बुटवल, १३ फागुन । नयाँ सक्ति नेपालले डा.बाबुारम भट्टराईको संयोजकत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार लुम्बिनीमा सम्पन्न चौथो विस्तारिक बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।

baburammmबैठकले प्रदेश १ को संयोजकमा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, र प्रदेश ७ को संयोजकमा कृष्णकुमार चौधरीलाई चयन गरेको छ । त्यस्तै ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् पनि गठन गरेको छ ।