इन्द्रेणी संवाददाता
पार्टी एकिकरणको संमुखमै आइपुगेका माओवादी र एमाले सरकारमा जानका लागि मन्त्रालयको बाडफाड मिलेकोछ ।मन्त्रालयको भागबन्डा दुई अध्यक्षले बिहीबार बिहानको छलफलबाट प्रारम्भिक टुंगो लगाएका हुन्। भागबन्डाअनुसार, अर्थ तथा योजना, परराष्ट्र, रक्षासहितका मन्त्रालय एमालेको भागमा परेको छ। त्यस्तै गृह, जलस्रोत तथा ऊर्जा, सहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालय माओवादीको भागमा परेको छ।

मन्त्रालय भागबन्डा करिब समझदारी लागेपछि एमाले–माओवादी दुवै पक्ष आ–आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री छान्न आन्तरिक तयारीमा जुटेका छन्। केन्द्रमा १८ मन्त्रालय राख्नेगरी दुई दलले समझदारी टुंग्याएका छन्।

‘सरकारले अब मन्त्रिपरिषद् बैठक बसेर केन्द्रमा कति मन्त्रालय हुने भन्ने टुंगो लगाउनेछ, त्यसपछि प्रारम्भिक छलफल भएका मन्त्रालयमा दुई अध्यक्षले बसेर अन्तिम टुंगो लगाउनेछन्’, माओवादीका अर्का नेता अग्नि सापकोटाले भने।

कुन मन्त्रालय कसलाई ?

एमालेलाई १० मन्त्रालय

अर्थ तथा योजना

परराष्ट्र

रक्षा

भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना–सञ्चार तथा विज्ञान प्रविधि

कानुन न्याय तथा संसदीय मामिला

पर्यटन

स्वास्थ्य तथा जनसंख्या

शिक्षा तथा खेलकुद

माओवादी केन्द्र
गृह मन्त्रालय

जलस्रोत तथा ऊर्जा

सहरी विकास आवास खानेपानी तथा सरसफाइ

उद्योग वाणिज्य तथा आपूर्ति

वन तथा वातावरण

कृषि सहकारी तथा भूमि व्यवस्थापन