तुलसीपुर, १० फागुन । तुलसीपुर उपमहानगरपालिकाले तुलसी राजपत्र वनाउने भएको छ । विभिन्न ऐन कानुनहरु वनाउनका लागि आधार तय गर्नका लागि राजपत्र वनाउन लागिएको प्रवक्ता श्याम डाँगीले वताएका छन् ।
उनले २ साताभित्र राजपत्र वनिसक्ने पनि वताएका छन् । राजपत्र वनाउनका लागि प्रवक्ता श्याम डाँगीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत वनाइएको छ । समितिका सदस्यहरुमा प्रेस संयोजक वसन्त विवश आचार्य र सुचना अधिकारी झरेन्द्र खरेलले रहेका छन् ।
तुलसीपर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डको अध्यक्षतामा वसेको वैठकले नगरसभा सञ्चालन कार्यविधि संशोधन सहित पारित गरेको छ । पारित कार्यविधि अनुसार नगरसभालाई मर्यादित वनाउने कुराहरु उल्लेख गरिएको छ ।
वैठकले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्री केपी शर्मा वली, सातवटै प्रदेशका प्रदेश प्रमुख, मन्त्रीहरु, राष्ट्रिय सभा सदस्यहरुलाई वधाई ज्ञापन गरेको छ । जनताको अपेक्षा अनुसार काम गरेर मुलुकलाई समृद्धिको वाटोमा पुर्याउनका लागि पनि वैठकले आग्रह गरेको् छ ।