तुलसीपुर १० फागुन । बृहत एकीकृत शहरी बिकास योजनाको लागि तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. ५ को आयोजनामा कार्यक्रम भएको हो । वडाको समष्टिगत भौतिक पूर्बाधार, सामाजिक तथा आर्थिक बिकासका लागि दिर्घकालिन लक्ष्य तथा उदेश्य निर्धारण गर्नुका साथै उपलब्धी हाँसिल गर्न उपर्युक्त नीति, रणनीति तथा प्राथामिकताहरु पहिचान गर्न कार्यक्रमको आयोजन गरिएको वडा सदस्य शुरेस श्रेष्ठले बताए । जसमा भू–उपयोगको योजना तयार गर्ने, नगर यातायातको योजना तयार गर्ने, भवन निर्माण मापदण्ड तयार गर्ने ,भौतिक बिकास योजना, वातावरणीय तथा प्रकोप व्यबस्थापन योजन , स्रोत परिचालन योजन र क्षेत्रगत योजना निर्माण गर्ने बिषयमा जानकारी गराईएको थियो ।

warda no 5

साथै भौतिक विकास, संस्कृति, निर्माण तथा यातायात, बिद्युत तथा खानेपानी,वातावरण , उद्योग तथा पर्यटन, स्वास्थ्य सेवा, समाजकल्यानलगायतलाई सुधार गरेमा नमुना वडा बन्ने बताईएको थियो । तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेक्स्ट कन्सल्ट काठमडौंका ईञ्जिनियर नबिन थापा, भिम खरेलले समस्याका बारेमा बिवरण संकलन गरेका छन् । वडालाई नमुना बनाउन संकलन गरिएका बिवरणलाई अध्ययन गरी योजना निर्माण गरिने छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ५ का बिभिन्न टोल, उद्योगबाणिज्य, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।