इन्द्रेणी संवाददाता
देउखुरी, ९ असार ।
दाङ देउखुरीमा सन्चालित औषधी पसलमा औषधी ब्यवस्था विभाग नेपालगञ्जले छापा मारेको छ । विभागको एक टोलीले बुधवार देउखुरीको लमहीमा सञ्चालन गरिएका औषधी पसलमा छापा हानेर ३ वटा औषधी पसल दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको छ । aausadhi

लमहीको चल्ती औषधी पसलहरु बिपि मेडिकल, कृपा मेडिकल, श्रद्धा फर्मा, जनमुखि मेडिकल सेन्टर, हेल्थकेयर, पोलिक्लिनिक प्रालिको केपि मेडिकल, जनसेवक उपकार मेडिकलमा अनुगमन गरिएको थियो ।

सो क्रममा केपी मेडीकल, जनमुखी र श्रद्धा फर्मको दर्ता प्रमाणपत्र नियन्त्रणमा दिइएको औषधी ब्यवस्था विभागका अनुगमन संयोजक सुरज गौतमले जानकारी दिनुभयो ।

दर्तानै नगरी ल्याब सञ्चालन गरेको, औषधी पसल दर्ता नगरी चलाएको, एउटाको अनुमती पत्रमा अर्काले पसल सञ्चालन गरेको  आरोपमा औषधी ब्यवस्था विभागको टोलीले दर्ता प्रमाण पत्र नियन्त्रणमा लिएको औषधि ब्यबस्था बिभाग नेपालञ्गजका अनुगमन समितिका सयोजक तथा फारमेसि सुपर भाईजर सुरज गौतमले जानकारी दिनुभयो ।

टोलिमा अनुगमन टोलिमा प्रहरी, सरकारी कार्यालयका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।।