इन्द्रेणी संवादाता
सल्यान, ९ असार
कुपोषणबाट सल्यानमा एक शिशुको मृत्यु भएको छ । जिल्लाको पश्चिम गाविस काल्चे ८ निवासी चञ्चली खनालकी ९ महिनाकी छोरी अस्मि खनालको कुपोषणका कारण मृत्यु भएको हो । kuposan

काल्चेमा आसमान नामक एक गैर सरकारी संस्थाले कुपोषणको क्षेत्रमा काम गर्दै आएको छ तर सोही क्षेत्रमै कुपोषण बाट एक शिशुको मृत्यु भएको छ ।

उक्त संस्था कै लापरवाहीले आफुहरुले सन्तान गुमाउनु परेको बालिकाका अभिभावकले आरोप लगाएका छन् । आसमान नेपालबाट आएका व्यक्तिले तौल नापजाँच गरि फोटो खिचेर लगेपनि आफ्नो बच्चाको उपचारको लागि थप केही पहल र सहयोग नगरेको चच्लीले बताउनुभयो ।

काल्चेमा मात्रै ५ बालबालिकामा कडा खालको कुपोषण, १५ जनामा मध्यम खालको कुपोषण र सामान्य खालको कोपुषण धेरै बालबालिकाहरु रहेको उहाले बताउनुभयो ।।