इन्द्रेणी संवाददाता
दाङ, ९ असार
बर्षासँगै तराईका विभिन्न भाग डुवानमा पर्दा जनजीवन प्रभावित भएको छ । पूर्वि देखि सुदूरपश्चि क्षेत्रका विभिन्न जिल्ला डुवानमा परेका छन् ।

duban

पूर्वको सुनसरी, झापा, मोरङ, तराई मधेसुको सप्तरी लगायतका जिल्ला डुवानमा परेका छन् । यस्तै मुलुकका पहाडी भेगमा वर्षासंगै पहिरोको जाखिम वढेको छ ।

कैलालीको धनगढी बजार पनि डुवानमा परेको छ । गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले सरकारले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाँले नदीको सहतमा खतराभन्दा तल आइसकेकाले आत्तिन नपर्ने पनि बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित जिल्लामा बस्ति सार्नेसम्मको तयारीमा सरकार रहेको पनि बताउनुभयो । यसैबीच वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिँचाई मन्त्रालयले ७ सदस्यीय अनुगमन टोली गठन गरेको छ ।।