रेखा मगर
दाङ, ९ असार
यसवर्षको प्रवेशिका परिक्षामा वढिमा दुइ विषयमा डि र इ ग्रेड प्राप्त गरेका परिक्षार्थीहरुलाइ पुरक (ग्रेड वृद्धि) परिक्षाका लागी अनिवार्य फारम भर्न परिक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । डि र इ ग्रेड प्राप्त गरेका परिक्षार्थीहरुका लागी आगामी साउन १४ गते परिक्षा सन्चालन हुने छ ।
उक्त परिक्षामा सहभागी हुन प्रत्येक पुरक (ग्रेड वृद्धि) पाएका विद्यार्थीहरुले साउन ९ गतेसम्म परिक्षा नियन्त्रण कार्यालयले जारी गरेको निर्देशन अनुसार फारम भर्नुपर्नेछ । सम्वन्धित विद्यार्थीलय मार्फत परिक्षार्थीहरुले एसएलसी परिक्षाको प्रवेशपत्रको आधारमा फारम भर्न सक्ने जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।
दाङका सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्सालले अव हरेक विद्यालयले डि र इ ग्रेड लयाएका आफ्ना विद्यार्थीको फारम उपलव्ध गराइ फारम भर्न सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षा नियन्त्रण कार्यालयलले तोकेको ढाँचाभित्र रहेर परिक्षार्थीले फर्म भर्न सक्नेछन ।
