काठमाडौं, कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष बुद्धिमान श्रेष्ठ एउटा हस्पिटलको संचालक वा डाक्टर मात्र थिएनन उनी त हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि थिए । उनले नेपालका प्रधानमन्त्री केपी ओलीको दाँत नियमित जाँच गर्ने निजि चिकित्सक पनि थिए । एमाले पार्टी निकट मानिने श्रेष्ठले गत पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए ।
तर अहिले उनि नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका छन् ।
पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १० बजेदेखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।