दाङ, ११ माघ । बाल चेतना आधारभूत विद्यालय तुलसीपुर–१५ धमकापुरले तेस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर, अध्यापन प्रणाली, बालविवाह न्यूनिकरण लगायतका पक्षमा वृहत्तवहस, छलफल र अतिरिक्त क्रियाकलाप गर्दै साता व्यापी रुपमा वार्षिकोत्सव मनाएको हो ।
यसैवीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सो अवसरमा छात्रातर्फ विद्यालयमा अनुशासित कक्षा ८ की दिपशिखा चौधरी, छात्रतर्फ कक्षा ४ का रेमन्त परियार, त्यस्तै आर्थिक स्थिति कमजोर भएका छात्रतर्फ कक्षा ३ का करण विक, छात्रातर्फ कक्षा ७ की सविता चौधरी र एक कक्षादेखि आठ कक्षासम्म प्रथम, द्धितीय र तृतीय स्थान हासिल गने छात्र÷छात्रालाई विद्यायल पोशाक प्रदान गरिएको थियो ।