किरण भट्टराई
तनहुँकी सुनिता (नाम परिवर्तन) राम्रो काम र आकर्षक तलब पाउने भनी दलालले देखाएको प्रलोभनमा परी १० महिनाअघि भारत हुँदै संयुक्त अरब इमिरेट्स (युएई) आइपुगिन्।

baidesik rijgarउनलाई बाँकेको नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्ली लगियो। त्यहाँ केही दिन राखेपछि युएई ल्याइयो। दलालले युएईमा राम्रो काम पाइने भन्दै विभिन्न प्रलोभनमा पारेकै कारण उनी त्यसबेला दुई वर्षकी छोरी घरमा छोडेर युएई आएकी थिइन्।

यहाँ आएपछि सुनितालाई दुबईको जुमेरास्थित एक घरमा घरेलु कामदारका रुपमा काममा लगाइयो। सो कामबापत मासिक ९०० युएई दिराम अर्थात करिब रु २५ हजार दिने भनिएको थियो तर नौ महिना काम गर्दा पनि घर मालिकले आफूलाई तलब बापत एक रुपैयाँ पनि दिएन। तलब माग्दा घर मालिकले ुतँलाई किनेको हो, तलब दिनुपर्दैनु भन्ने गरेको उनले आफ्नो पीडा सुनाइन्।

युएईमा बस्ने एलिसा राई नामकी नेपाली दलालले आफूलाई सो घरमा काम गर्ने गरी बेचेको सुनिताले बताइन्। ुमलाई सो घरमा पठाउँदा मेरो घर मालिकसँग एलिशाले १३ हजार दिराम मागेकीमा उनले मेरै अगाडि १२ हजार ५०० दिराम दिएर मलाई आफ्नो घरमा लगेका थिएु, उनले भनिन्।

बाह्र हजार ५०० दिरामको करिब नेरु तीन लाख ५० हजार हुन्छ। दैनिक २० घण्टा काम गर्दा पनि नौ महिनासम्म तलब नदिएपछि घरमा कोही नभएको मौका छोपेर भागेर अबुधावीस्थित नेपाली दूतावासमा आउन सुनिता सफल भइन्।

घर मालिक एक महिना बेलायत घुम्न गएको समयमा खाना खर्च भनेर एक पटक १०० दिएकोबाहेक अरु कुनै रकम आफूले नपाएको गुनासो गरेकी उनले काभ्रेको राजु लामा नाम गरेका व्यक्तिले आफूलाई युएई पुर्याउन सहयोग गरेको जानकारी दिइन्।

ुयसअघि दिदी कुँवेत जानुभएको थियो, राम्रो कमाइ गरेर आउनुभएको थियो, त्यही भए म आएको तर दुःख पाएँु, उनी भन्छिन्। उनी अहिले २० वर्षकी भइन्। तर नागरिकता र राहदानी बनाउँदा दुई वर्ष थपेर बनाइएको छ।

दूतावासको आश्रमस्थलमा डेढ महिनादेखि बसिरहेकी उनी यसै साता नेपाल फर्कने दूतावासले जनाएको छ। सुनिता भागेपछि घर मालिकले उनको राहदानी युएईको अध्यागमनमा पठाइ दिएकाले नेपाल फर्काउन कागजपत्र मिलाउनुपर्ने हुँदा केही समय लागेको दूतावासका अधिकारीले बताए।

उनीजस्तै सोलुखुम्बुकी रीता (नाम परिवर्तन) पनि दूतावासको आश्रयस्थलमा बसिरहेकी छिन्। उनी काठमाडौँमा आएर काम खोज्दै गर्दा सुदीप गुरुङ नाम गरेका एक व्यक्तिले युएईमा राम्रो पैसा र काम पाउने भन्दै प्रलोभन देखाए।

उनको प्रलोभनमा परी रु ७० हजार तिरेर रीता पनि भारत हुँदै रोजगारीका लागि छ महिनाअघि युएई आइपुगेकी हुन्। युएईमा उनी शारजहाँस्थित एक घरमा घरेलु कामदारका रुपमा काम गर्न थालिन्। तर घरमा काम गर्न थालेपछि रीताले अनेक किसिमका मानसिक र शारीरिक समस्या झेल्नुपर्यो।

एकातर्फ १८र२० घण्टा लगातार काम गर्नुपर्ने अर्कोतर्फ घर मालिकले गर्ने शारीरिक दुर्व्यवहारले उनी पीडित भइन्। मालिकले बेलाबेलामा आफूलाई शारीरिक शोषण गर्ने प्रयास समेत गरेको उनले सुनाइन्। ुमालिकले जहिले पनि मलाई समात्न आउँथ्यो, सधैँ भाग्दै हिँड्नुपर्थ्योु, उनले भनिन्।

दिनहुँको दुव्र्यवहार सहन नसकेपछि गत हप्ता आफू घरबाट भागेर ट्र्याक्सी चढेर अबुधावीस्थित नेपाली दूतावासमा आइपुगेको उनले जानकारी दिइन्। दूतावासकै आश्रयमा रहेकी अर्की एक महिला सिर्जना (नाम परिवर्तन) ले पनि आफूलाई एलिशा राईले नै विभिन्न घरमा घरेलु कामदारको रुपमा पठाउने गरेको तर महिना बितेपछि उसले नै तलब लैजाने गरेको पीडा पोखिन्।

एलिशाका लोग्ने सुजन भण्डारीसमेत यो कार्यमा संलग्नता रहेको उनको भनाइ छ। अबुधाविस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले विभिन्न समस्यामा परेका नेपाली दूतावासको सम्पर्कमा आइसकेपछि उनीहरुको समस्या समाधानका लागि आफूहरुले सक्दो पहल गर्दै आएको जनाए।

दूतावासका श्रम सहचारी मोतिराम भुसालले श्रम स्वीकृति लिएर नेपाल हुँदै युएई आउने महिला कम जोखिममा पर्ने गरेको तर भारतको बाटो हुँदै आउने र घुम्न प्रवेशाज्ञा लिएर आई लुकेर काम गर्ने महिला आर्थिक र शारीरिक शोषणमा बढी पर्ने गरेको उल्लेख गरे।

सरकारले घरेलु कामदारमा रोक लगाएपछि पछिल्लो समय काठमाडैं विमानस्थल अध्यागमनमा सेटिंग मिलाए र भारत र श्रीलंकाको बाटो हुँदै खाडीका राष्ट्रमा आउने महिला बढी जोखिममा पर्दै आएका छन्।

नेपालकै बिमानस्थलमा अध्यागमन सेटिंग मिलाएर, श्रम प्रवेशाज्ञा र घुम्ने प्रवेशाज्ञामा महिलालाई यहाँ ल्याएर दलालले घरेलु कामदारका रुपमा काममा लगाउने गरेका छन्।

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी हुन लागेको र यसले पूर्णता पाएपछि यस्ता धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ।