असार ८ –
भारतको बिहारमा चट्याङ लागेर २९ जनाको ज्यान गएको छ । बिहारका विभिन्न जिल्लामा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको त्यहाँको विपद न्यूनिकरण विभागले जनाएको छ ।cccccccccccccc

विभागका अनुसार पटनामा ६ जना तथा नालन्दा र खौरन्गाबादमा चाररचार जनाको ज्यान गएको हो । यस्तै भोजपुर, बक्सर, रोहतास र केमुर जिल्लामा तीनरतीन तथा मुंगेरमा दुई जना र गयामा एक जनाको चट्याङ लागेर ज्यान गएको हो ।

ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चाररचार लाख भारतीय रुपैयाँ दिइएको बिहार सरकारले जनाएको छ । चट्याङ लागेर ९ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।।

– एजेन्सीको सहयोगमा