रेखा मगर
दाङ, ८ असार
दाङ सौडियार ५ जवरपुरकी खिमाशाहलाई वैशाखीको साहारामा यताउता हिड्दा मानिसहरु फर्केर हेरिरहन्छन । प्राकृतिक रुपमै शारीरिक अपाँगता शाहलाई समाजले जस्तो व्यवहार गरेपनि आफ्नो काममा ध्यान दिनुहुन्छ ।Apanga dd shah

झण्डै १८ वर्षदेखी कपडा सिलाउन सिक्नुभएकी खिमा सिलाईकटाईमा दक्ष हुनुहुन्छ । अपाँगता भएका व्यक्तिहरुको जीवनमा अफ्ठेराहरु त छँदैछन तर पनि खिमाले केहि गर्नुपर्छ भन्ने हिम्मत लिएर अघि वढिररहनुभएको छ ।

सिलाईकटाई पेशावाट मासिक २५ हजारसम्म आम्दानी गर्दै आएको उहाँको भनाई छ । आफ्नो लागी आफै वाँच्नुपर्छ भन्ने ३५ वर्षकी खिमाले महिलाहरु अब जसरी भएपनि आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ ।

आफुहरुजस्ता धेरै अपाङगताभएका व्यक्तिहरुलाई कहि जानुपर्दा न त गाडि नै रोकिन्छ, नत सहज वातावरण नै वन्न सकेको छ । राज्यका हरेक निकायमा जाँदा अपाँगमैत्री सेवाप्रवाह रसंरचना हुनुपर्छ भन्ने कुरा धेरै समयदेखी नउठेको हाईन ।

अपाँगता भएकाहरुलाई दया होईन अवसर दिन सके खिमा जस्ता धेरै शारीरिक अपाँगहरुले परिश्रम गरेर वाँच्न सक्छन । सरकारी तवरवाट आफु जस्ता अपाँगहरुका लागी केहि सहयोग नपाएको उहाँको गुनासो छ ।

शारीरिक रुपमा कमजोर भएपनि जीवनमा केहि गर्नुपर्छ भन्ने हिम्मत खिमाभित्र छ । समाजमा अझैपनि महिलाहरुलाई दोस्रो दर्जावाटै हेरिने उहाँको गुनासो छ ।त्यसमाथि अपाँगमहिलाहरु अवस्था त झन अफ्ठेरो नै छ ।

समाजको अपांगप्रतिको हेपाहा प्रवृत्ति अन्त्यहुन नसक्दा अफुहरु सधैं कमजोरको रुपमा गनिुिपरेको गुनासा उहाँ छन । तरपनि आफुले आफुलाइ कमजोर नसम्झेर अगाडी वढ्न सके समाजले दिएको आत्मलगानीको जवाफ दिन सकिने उहाँको तर्क छ ।।