घोराही, ८ असार  
प्रहरीद्वारा पक्राउ गरिएका आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै विप्लब निकट नेकपा माओबादीले  घोराहीमा प्रदर्शन गरेको  छ । घोराहीको विपीचोकबाट शुरु भएको प्रदर्शन तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

aaaaaaaaaaaa
प्रदर्शनमा सहभागीहरुले निर्दोष कार्यकर्ता रिहा गर, भ्रष्ट दलाल मुर्दाबाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एनसेलमाथि कारवाही गर लगायतका नाराहरु लगाएका थिए ।

सभालाई सम्बोधन गर्दै माओवादीका केन्द्रीय सदस्य एवं राप्ती व्यूरो  इञ्चार्ज मोहलाल चन्द ‘आधार ’ ले भ्रष्ट तथा दलाहरुमाथिको जनकारवाही जारी रहेको बताउनुभयो । उहाँले आफूहरुले कुनै फौजी योजनामा नभएर जनताको सहभागितामा राज्यलाई कर नर्तिने एनसेल माथि कारवाही गरेको  बताउनुभयो  ।

सभालाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सीता विक ‘सम्झना’ ले जनतामाथि दमन भए कडा प्रतिरोध गरिने चेतावनी दिनुभयो । उहाँले जनतालाई आतंकित गर्र्ने गरी सरकारले  धर पकड शुरु गरेको  भन्दै यसले मुलुकमा गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिनुभयो  ।।