इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङलाई प्रदेश नम्बर पाँचको अस्थायी राजधानीको माग गर्दै जारी दाङ आन्दोलनअन्तर्गत आज लमहीमा बृहत कार्यक्रम हुने भएको छ । आन्दोलनको पाँचौ दिन राजमार्ग केन्द्रीत आन्दोलनअन्तर्गत बृहत कार्यक्रम हुने भएको हो ।

mahara.लमहीमा आज दिउँसो हुने कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले सम्बोधन गर्ने माओवादी केन्द्र दाङका सह–इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ ले बताए । कार्यक्रमको सम्बोधनका लागि महरा काठमाडौंबाट हिडिसकेको पनि बताइएको छ ।